२०८३ असार ५ शुक्रबार ००

बेहोस अवस्थामा भेटिएका नमोबुद्ध १ का पूर्व वडाअध्यक्ष लामाको निधन

नमोबुद्ध ।

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं १ का पूर्व वडा अध्यक्ष कर्म ग्याल्बो लामाको निधन भएको छ ।

आज बिहान आफ्नै घरको कोठामा बेहोस अवस्थामा भेटिएका लामाको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको हो । ८२ वर्षका लामा र उनकी श्रीमती वर्ष ८१ की असनी लामा आफ्नै घरको सुत्ने कोठामा खाना खाई  सुती रहेको अवस्थामा आज विहान अबेर सम्म नउठे पछी छोरा बुहारीले  ढोका खोली हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

दुबैलाई उपचारको लागी धुलीखेल अस्पताल ल्याइएकोमा विहान ९:२० बजे कर्म ग्याल्बोको निधन भएको हो । उनकी श्रीमतीको उपचार जारी छ ।

उनीहरू हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेका थिए । धुवाले निसास्सिएर उनीहरू बेहोस भएको अनुमान गरिएको छ । कर्म ग्याल्बो लामा २०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

२०८० पुष १०, मंगलवार १८:०३ गते 0 Minutes 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।