२०८३ असार ५ शुक्रबार ००

जनहित मा.वि.ले मनायो ६४औं वार्षिकोत्सव

भकुण्डेबेशी ।

नमोबुद्ध नगरपालिका वडा नं. ७ मा अवस्थित जनहित माध्यामिक विद्यालयले यहि२०८० पाैष ०२ गते विभिन्न साँस्कृतिक कार्यक्रम सहित ६४ औं वार्षिकोत्सव मनाएको छ । बागमती प्रदेश सरकार, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री मा‍‍. तीर्थ बहादुर लामाको प्रमुख अतिथि रहेको उक्त कार्यक्रम मा. मन्त्रीले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।  नमाेबुद्ध न.पा. वडा नं. ७ काे अध्यक्ष तथा साेही विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यक्ष श्री धर्म सिं लामा कार्यक्रमकाे सभाध्यक्षता थिए भने सोही नगरपालकाका प्रमुख श्री कुनसाङ लामा विशिष्ट अतिथि थिए ।

विद्यार्थी, शिक्षक-शिक्षिका, अभिभावकहरुको बाक्लो उपस्थिति भएको उक्त कार्यक्रममा मा.मन्त्रीले विद्यालयको पूर्वाधार विकासमा सहयोग गर्ने वाचा व्यक्त गरे छन् । शैक्षिक पाठ्यपुस्तकको अलवा सीपमुलक शिक्षा अन्तर्गत विद्यालयले काठमाण्डाैँ विश्वविद्यालयसँगकाे सहकार्यमा कृषि, पशुपालन, माछापालन, एभोगाडो खेती जस्ता व्यवहारिक क्रियाकलापहरू सञ्चालन गरेकाेमा मा. मन्त्रीले प्रशंसा गरेका छन् । मन्तव्यको क्रममा नगरप्रमुख लामाले विद्यलयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न कुनै कसुर बाँकी नराख्ने र सो कार्यका लागि विद्यालय, शिक्षक र अभिभावकहरुबाट सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न परिकारका खानेकुराहरु समेत प्रदर्शन गरेका थिए । कार्यक्रमको सभाध्यक्ष धर्म सिं लामाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको हैसितले उक्त विद्यालयलाई नगरकै नमुना विद्यालय बनाउँन हरदम प्रयास सहित व्यवहारिक शिक्षामा जोड दिँदै लाने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

२०८० पुष ३, मंगलवार १८:०१ गते 1 Minute 792 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।