२०८३ भाद्र २८ आईतवार २२

अनलाइनमार्फत यौन व्यवसाय चलाउने गिरोहका नाइके काठमाणडौंबाट पक्राउ

काठमाडौँ ।

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका ५(पाँच) नाइकेहरूलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोप छ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु–७ घर भई हाल कागेश्वरी मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोसी–६ घर भई हाल कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की, सल्यानको कपुरकोट–५ घर भई हाल बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको बिदुर–६ घर भई हाल काठमाडौं बस्ने ३० वर्षीय अमृत रोक्का रहेका छन्।

कार्यालयका अनुसार आरोपी व्यक्तिहरूले काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरुबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

२०८० मंसिर १७, आईतवार १९:२८ गते 0 Minutes 696 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।