२०८३ बैशाख १६ बुधबार १८

भूकम्प प्रभावितलाई विकोल क्लिनिकको मल्हम

जाजरकोट ।

गत कात्तिकमा गएको विनाशकारी भूकम्पमा परी अधिकांश घरहरुमा क्षति पुगेको थियो । सो क्षेत्रमा राहतको लागि नेपाल सरकारले तत्काल उद्धार तथा राहतको व्यवस्थापनमा जुटेको थियो । यससँगै विभिन्न संघसंस्था, सहयोगी दाता लगायत विभिन्न क्षेत्रबाट सहयोगहरू जुट्न थालेका थिए ।

भुकम्प प्रभावित वस्तीहरुमा केही मल्हम लगाउने उद्धेश्यले Bicol Clinic foundation USA ले केही नगद र न्यानो ब्लाङ्केट उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय, जाजरकोटको खातामा रु. १,९५,१६६।- (अक्षरुपी एक लाख पन्चानब्बे हजार एक सय छैसठ्ठी रूपैंया) जम्मा गरेको छ भने जाडोमा न्यानोको लागि २,००,०००/- बराबरको ९० थान ब्लाङ्केट बाराकोट गाउँपालिका वडा नं. २, लिम्सा, जाजरकोटमा वितरण गरेको छ । उक्त राहत सहयोग बिकोल क्लिनिक फाउण्डेशन, USA का president Dr. Michell Schuster, Miriam Schuster र Executive Director Jessica Schuster ले उपलब्ध गराएका थिए भने प्राप्त सामाग्री भूकम्प प्रभावित श्रेत्रमा वितरण गर्न नेपालबाट डा. नारायण मलहोत्रा, सुशिल अधिकारी र रामेश्वर श्रेष्ठले सहयोग गरेका थिए ।

२०८० मंसिर ११, सोमबार २१:२३ गते 1 Minute 424 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार