२०८३ असार २ मंगलवार १४

रेशम चौधरीको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ ।

राष्ट्रपतिबाट आममाफी पाएका टीकापुर घटनाका दोषी रेशम चौधरीको मुद्दा स्थगित भएको छ। टीकापुर घटनामा जन्म कैदको सजाय पाएका चौधरीलाई गत वर्षको गणतन्त्र दिवसको सन्दर्भ पारेर कैद माफी दिइएको थियो। उनलाई आममाफी दिएको भन्दै अदालतमा मुद्दा परेको थियो। सोही मुद्दाको फैसला आजलाई तोकिएको थियो। तर उनको सुनुवाइ स्थगित भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले १५ जेठ, २०८० मा कैद मिनाहा दिएपछि उनी रिहा भएका थिए। सरकारको उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्।

२०८० कार्तिक २३, बिहीबार १३:०० गते 0 Minutes 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।