जैविक बिषादी ‘निम’बाट नियन्त्रण हुनसक्ने रोग/किराहरु
- प्राकृतिक औषधीको भण्डार मानिने नीमको पात, बोक्रा, फल , फूल र तेल आदिमा विभिन्न यौगिक पाइन्छ । जसमध्ये एजाडिरेक्टिन नामक यौगिकमा पाइने रोग र किटनाशक गुणको कारण बिभिन्न रोग किरा नियन्त्रण गर्न सकिन्छ।
- नीमको फूल फुल्नु अगाबैका पात बढी प्रभावकारी हुन्छन् भने राम्ररी पाकेका फल र फलभीत्रका बिउ पातभन्दा झन् बढी प्रभावकारी हुन्छन्। नीमको प्रयोगबाट बालीनालीमा क्षति पुर्याउने विभिन्न चुसाहा ,पात खाने किरा , भण्डारणमा लाग्ने लाभ्रे, पशु तथा मानवको बासस्थानमा देखिने किरा वा परजीवी नियन्त्रण हुन्छन्।
- यसको पिनामा ५.२० प्रतिशत नाइट्रोजन १.१० प्रतिशत फस्फोरस र १.५० प्रतिशत पोटास हुने हुँदा माटोको उर्वराशक्ति बढ्ने र नाइट्रोजनयुक्त मल यूरिया को प्रयोग घट्छ।
- १ के जी नीमको पात १० लिटर पानीमा १२ घण्टा जतिधड्याएर आउने झोललाई बालीमा छर्कदा धानको गवाराे, फड्के कीरा, पात बेरुवा, पतेरो, डाँठ कुहिने रोग (ढुसी), बेसारको जुका, काँक्रो/फर्सीको रातो खपटे नियन्त्रण गर्न सकिन्छ ।
- सुकाएका पात १० ग्राम एक केजी भण्डारण गरिने अन्नमा मिसाएर राखेमा भण्डारण अवधिमा लाग्ने लाग्ने घुन , किराबाट ६-९ महिना सम्म बचाउन सकिन्छ ।
- ५०० ग्राम नीमको बीउको धूलो पातलो कपडामा पोको पारी १२ घण्टासम्म २०लिटर पानीमा ढड्याउने र ढड्याएको पोकोलाई पानीमा राम्ररी निचोर्ने र २०० ग्राम सावुनको धूलो मिसाएर सो नीम पानीलाई राम्ररी चलाएर बाली विरुवामा छकर्ने । बोक्रा सहितको नीमको धूलो भएमा पानी २० लिटरको सट्टामा १० लिटर मात्र प्रयोग गरेर झोल तयार पार्न सकिन्छ। ।
- नीमको २०० ग्राम हरियो पातलाई थिचेर/कुटेर १ लिटर पानीमा १२—२४ घण्टासम्म ढड्याएर प्राप्त भएको रस बालीमा छर्कदा वन्दाको पुतली, भटमासको झुसिल कीरा, सुर्तीको पात खाने लाभ्रे र ईटवुट्टे पुतली नियन्त्रण गर्न सकिन्छ ।
- निमको रसमा डुबाएर तरकारीको बेर्नाको जरा वा बीउको उपचार गर्दा जुकाको प्रकोप कम हुन्छ।
- निमको कलिला हागा र हरिया पातहरू ब्याड बनाउदा प्रयोग गर्ने भने धानको चुसहा किराको नियन्त्रण हुन्छ।
- बजारमा नीममा आधारित विषादी एजाडिरेक्टिनको नाममा मल्टिनिम ०.०३% ई सी, निकोनिम १% /०.३०% इसि, मल्टिनोभर ०.१५% ईसी ,मार्गोसिड ओके
श्रोतः कृषि टुडे
२०७८ जेष्ठ १०, सोमबार ०५:३१ गते
1 Minute
1641 Views






