२०८३ असार १ सोमबार १७

युट्युबर मनोज मानव कीर्तिपुरबाट पक्राउ

काठमाडौं ।

मनोज मानव भनेर चिनिने युट्युबर मनोज कुमार महतो (मनोज मानव) पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति पौने ८ बजे कीर्तिपुरबाट महतोलाई पक्राउ गरेको हो ।  साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिप्रसाद रायका अनुसार महतोमाथि सामाजिक सञ्जाल तथा युट्युबमा आफ्नो चरित्रहत्या गरी भिडिओ राखेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन् ।

उजुरीपछि अनुसन्धान गर्दै जाँदा महतो पक्राउ परेका हुन् । “सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या हुनेगरी भिडिओ राखेको भन्ने आरोप छ,” रायले टेकपानासँग भने, “उजुरी परेपछि हामीले पक्राउ गरेका अनुसन्धानका लागि कार्यालयमा ल्याएका छौं ।” प्रहरी उपरीक्षक रायका अनुसार अहिले उनीमाथि प्रारम्भिक चरणको अनुसन्धान भइरहेको छ । विस्तृत जानकारी बिहीवार साँझसम्म बाहिर आउने रायले बताए ।

२०८० कार्तिक २३, बिहीबार १२:४३ गते 0 Minutes 603 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।