२०८३ असार ४ बिहीबार २३

६ जना भारतीय उपल्लो मुस्ताङबाट पक्राउ

काठमाडौँ ।

भ्रमणको क्रममा उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जनालाई मुस्ताङ प्रहरीले पक्राउ गरेको हो।

मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोज पाण्डेका अनुसार अनुमति पत्र नभएकालाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि पोखरा पठाइएको छ। पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङ छन्।

उनीहरूलाई नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको हो। लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिकबाहेक अन्य देशका नागरिक विना अनुमति  जान पाउँदैनन्। अनुमति शुल्कबापत न्यूनतम पाँच सय डलर तिर्नुपर्छ। १० दिनभन्दा बढी बस्न चाहेमा दैनिक ५० डरलका दरले तिर्नुपर्छ।

२०८० कार्तिक २२, बुधबार २१:१२ गते 0 Minutes 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।