२०८३ असार २ मंगलवार ०४

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन ।

भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु ।

२०८० कार्तिक १३, सोमबार ११:४७ गते 0 Minutes 371 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।