२०८३ आश्विन १ बिहीबार ०६

सहसचिव र उपसचिवको विज्ञापन रोकियो

काठमाडौँ । 

लोक सेवा आयोगले बुधवार (आज) गोरखापत्रमा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन भएन । आयोगले मङ्गलवार निर्णय गरी बुधवारको तालिकामा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन गर्न नसकिने सूचना जारी गरेको थियो । आर्थिक वर्ष २०८०-०८१ का लागि आयोगले प्रकाशन गरेको तालिकाअनुसार असोजको अन्तिम बुधवार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी अर्थात् सहसचिव र उपसचिवको विज्ञापन बुधवार (आज) प्रकाशन हुनु पर्ने थियो ।

‘आयोगको वार्षिक कार्य तालिका २०८०-०८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८० असोज २३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।

२०८० आश्विन २४, बुधबार ०८:५४ गते 1 Minute 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।