धुलिखेल ।
धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । देशको विभिन्न स्थानमा स्वास्थकर्मीहरूमाथि कार्यस्थलमा नै हातपात भएको घटनाहरुले उनीहरुल असुरक्षित महशुस गरेका छन् । स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै धुलिखेल अस्पतालका कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् ।
ओ.पि.डि. सेवा बन्द गर ! स्वास्थ्यकर्मीको सुरक्षा ग्यारेण्टी गर! पुलिस प्रशासन मूर्दावाद! स्वास्थ्यकर्मी संघ जिन्दावाद ! जस्ता नाराबाजी गर्दै अस्पतालका हरेक वार्डहरू परिक्रमा गरेका छन् ।







