२०८३ असार २ मंगलवार ०४

रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

काठमाडौं ।

रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् ।

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

बुधबार राति रुसको तेवेर शहरमा विमान दुर्घटना हुँदा वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनसहित विमानमा सवार १० जनाकै मृत्यु भएको हो । यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्नेबारे एकिन विवरण आई नसकेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

वागनर भाडाका सैनिकहरूको समूह हो । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ । यद्यपि युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरूलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो ।

-एजेन्सी

२०८० भाद्र ७, बिहीबार ०८:५६ गते 1 Minute 366 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।