
उत्तर पश्चिमी चीनमा अत्यधिक प्रतिकुल मौसमका कारण लामो दूरीको दौडमा २१ धावकले ज्यान गुमाए ।
शनिबार गान्सु प्रान्तको पर्यटकीय स्थल यलो रिवर स्टोन फरेस्टमा १०० किलोमिटर (६००-माईल) अल्ट्रामाराथनमा उच्च बतास र हिउँको वर्षाले सहभागीहरूलाई हिर्कायो ।
१७२ धावकहरू हराएपश्चात दौड रोकियो, र उनीहरूको खोजी तथा उद्धार कार्य सुरू गरियो।
हाइपोथर्मियाबाट ग्रसित भएका प्राय धावकहरु असन्तुष्ट छन्।
अल्ट्रामेराथन च्याम्पियन लिङ्ग जिङ्ग र चीनको राष्ट्रिय प्यारा ओलम्पिक खेल २०१९ मा मेन्स हियरिङ्गइम्पेयर्ड म्याराथन जितेका ह्वांग गुआनजुन पीडित भएकाे राज्यबाट सञ्चालित एक मिडियाले खबर गर्यो ।
अधिकारीहरूले भने कि १५१ धावकहरू अब सुरक्षित भएका छन् भने ती मध्ये आठ जना घाइते भएका छन्।
स्थानीय समय अनुसार शनिबार ९ः०० बजे (०१:०० GMT) मा दौड शुरू भयो, केही प्रतिस्पर्धीले मात्र शर्ट र टी-शर्ट लगाएर प्रस्थान गरे।
बचेका सहभागीहरूले भने अनुसार पूर्वानुमानले केही बतास र वर्षाको पूर्वानुमान देखाएको थियो तर उनीहरूले पूर्वानुमानले भने जस्तो कठिन अनुभव गरेनन् ।
सुरु भएको झण्डै ३ घण्टा पछि दौडको पहाडी भागमा असिना, भारी वर्षा र गेल्सले ठक्कर दियो जसको कारण माैसम प्रतिकुल हुन पुग्यो, बैयिन शहरका एक अधिकारीहरूले भने ।
स्रोतः BBC NEWS