२०८३ असार १ सोमबार १९

नमोबुद्ध नगरपालिकाको विभिन्न ७ स्थानमा फ्रि वाइफाई

नमोबुद्ध ।

स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भएको पहिलो वर्षको अवसर पारेर नमोबुद्ध नगरपालिकाले वर्ल्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा नगरपालिकाको विभिन्न ७ स्थानहरुमा फ्रि वाइफाइ सञ्चालनमा ल्याएको छ । नमोबुद्ध नगरपालिका, भुकण्डेबीशीको २ वटा चोक, जगवैज्येश्वर मन्दिर, नाैविसे चाेक, भैरवकुण्ड मन्दिर र बुच्चाकोट बजारमा गरी जम्मा ७ स्थानहरुमा फ्रि वाइफाइ सञ्चालनमा आउने भएको छ ।

अबको समय प्रविधिको समय भएको र इन्टरनेट मानिसको लागि आधारभुत आवश्यकता बन्दै गएको कुरा सर्वविदितै छ । यसै अनुरुप नगरपालिकालाई पनि प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाको विभिन्न स्थानहरूमा फ्रि वाइफाइको सुविधा उपलब्ध गराउने लक्ष नगरपालिकाले लिएको छ ।

नगरपालिकाको सहाकार्यमा फ्रि वाइफाइ जडान भएकोमा वर्ल्डलिंकलाई नगर प्रमुख कुनसाङ लामाले विशेष धन्यवाद दिएका छन् । हाललाई ७ स्थानमा फ्रि वाइफाइ जडान भएतापनि नगरपालिकाको धार्मिक एवं पर्यटकीय स्थलहरुमा क्रमश उक्त सेवा उपलब्ध गराउन नगर प्रमुख लामाले अनुरोध गरेका छन् । नगरपालिका र वर्ल्डलिंकको सहकार्यमा शुरु भएको फ्रि वाइफाइको उद्घाटन स्वरूप वर्ल्डलिंकका बागमती प्रदेश म्यानेजर निकेश अधिकारीले फ्रि वाइफाइ अंकित बोर्ड नगर प्रमुख कुनसाङ लामालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमकाबीच जोसुकै प्रयोगकर्ताहरूले आफ्नो मोवाइल नं. रजिष्टर गरी फ्रि वाइफाइ अन्तर्गत दैनिक ५०० एमबी र वर्ल्डलिंकको प्रयोगकर्ताहरूले आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी अनलिमिटेड डाटा प्रयोग गर्न सकिने म्यानेजर अधिकारीले जानकारी गराए । यसको प्रयोग कसरी गर्न सकिन्छ भन्ने व्यहोराको जानकारीको लागि विभिन्न स्थानहरुमा नेपाली र अंग्रेजी दुवै भाषामा युजर म्यानुअल समेत राखिनेछ ।

२०८० जेष्ठ ११, बिहीबार २०:०४ गते 0 Minutes 1164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।