२०८३ असार ४ बिहीबार २१

बागमती प्रदेशमा सवारी भाडा आजबाट घट्ने

काठमाण्डाैं ।

पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधबार बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको गोरखापत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर लागू हुने छ । राजपत्रमा प्रकाशित गर्न बुधबार नै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइएको छ ।

उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५ं९० प्रतिशतले घट्ने छ । यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडादर घटाउने निर्णय मन्त्रालयले गरेको छ ।

यसअघि बागमती प्रदेशको मन्त्री स्तरीय निर्णयअनुसार गत वर्षको साउन ५ गते नयाँ भाडादर कायम गरेको थियो ।

प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारण_समायोजन_सम्बन्धी_सूचना

-गोरखापत्र अनलाइनबाट

२०८० जेष्ठ ११, बिहीबार १८:११ गते 1 Minute 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।