२०८३ असार ४ बिहीबार २१

जमानत जफत हुनबाट जोगिए एमाले र कांग्रेसका उम्मेदवार, रविको मतान्तर झण्डै ३९ हजार

चितवन।

उपनिर्वाचन २०८० को निर्वाचनमा चितवन स्थित पुराना स्थापित पार्टीका उम्मेदवारहरु जमानत जफत हुनबाट जोगिएका छन् ।

खसेको कुल मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । जसका लागि एक उम्मेदवारले कम्तीमा ७ हजार ७ सय मत कटाउनु पर्ने हुन्छ । यस पटक एमाले र काङ्ग्रेसका उमेदवारको आठ हजार माथि मत ल्याउने भएका छ्न् ।

कुल ७८ हजार २७७ खसेको मतमध्ये ६७ हजार १८ मत गणना भइसकेको छ । अहिलेसम्म एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ५७४ र काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ८२३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले ४७ हजार ५७४ मत प्राप्त गरेका छन् । अब ११ हजार २५९ मत गणना बाँकी छ । ३८ हजार ७५१ मतान्तरले लामिछाने अगाडि छन् ।

— गोरखापत्र अनलाइन

२०८० बैशाख १२, मंगलवार १२:२२ गते 0 Minutes 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।