२०८३ असार २ मंगलवार ०९

सहकारीलाई नगरपालिकाको १५ दिने म्यादको सूचना

काभ्रे । 

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरूलाई सूचीकृत हुन अनुरोध गरेको छ । नमोबुद्ध नगरपालिकामा हाल सम्म दर्ता भएका र नगरपालिका भित्र कार्यक्षेत्र रही साविक डिभिजन सहकारी कार्यालयमा दर्ता रहेका सम्पूर्ण सहकारी संस्थाहरूलाई सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र सूचीकृत गर्न जानकारी गराइएको छ ।

 

 

यो समाचार पनि पढ्नुहोस् ————-

चालुआ.व. ०७९/८० मा ९ हजार ५९० ले बुझाएनन् सम्पत्ति विवरण

चालुआ.व. ०७९/८० मा ९ हजार ५९० ले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं। 

चालु आर्थिक वर्ष २०७९–८० मा नौ हजार ५९० जनाले आफ्नो सम्पत्ति विवरण अझ पेस गरेका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरणको तथ्याङ्कअनुसार ती व्यक्तिले सम्पत्ति विवरण पेस नगरेको देखिएको हो ।

आज केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उक्त प्रतिवेदन पेस गरेको छ । पेस भएको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सम्पत्ति विवरण पेस गर्नेको सङ्ख्या केही बढेको छ ।

सम्पत्ति विवरणसम्बन्धी केन्द्रलाई प्राप्त भएको सात लाख २८ हजार ७४७ जनामध्ये सात लाख १९ हजार १५७ जनाले सम्पत्ति विवरण बुझाएका छन् । जुन ९८.६८ प्रतिशत हो ।

आर्थिक वर्ष २०७७–७८ को तुलनामा चालु आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या ०.८९ प्रतिशत बढेको केन्द्रले जनाएको छ । सङ्घीय तहमा चार लाख ५९ हजार २२८ जनाको सम्पत्ति विवरण प्राप्त हुँदा ९८.५५ प्रतिशत, प्रदेश तहमा १५ हजार ७८५ जनाको प्राप्त हुँदा ९३.६१ प्रतिशत र स्थानीय तहमा दुई लाख ५३ हजार ७३४ जनाको तथ्याङ्क प्राप्त हुँदा ९९.२४ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन् ।

अघिल्लो वर्षभन्दा यस वर्ष प्रदेश तहमा करिब चार हजार र प्रदेश तहमा २७ हजार बढीको तथ्याङ्क प्राप्त भएको सतर्कता केन्द्रले जनाएको छ ।

— गोरखापत्र अनलाइनबाट

२०८० बैशाख ११, सोमबार १७:२८ गते 1 Minute 586 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।