काठमाण्डौं ।
रोट्र्याक्ट क्लब अफ काठमाडौं मिड-टाउन र होन्डा नेपालको संयुक्त आयोजनामा बिगत २०७९ असार महिना देखि चलिरहेको “जिम्मेबार नेपाली म” अभियान सम्पन्न भएको छ । यो अभियान विशेषतः इन्धन बचत तथा वातावरण प्रदूषण कम गर्नको निम्ति संचालन गरिएको थियो । यस अभियान रोट्र्याक्ट क्लब अफ काठमाडौँ मिड–टाउनको अग्रसरतामा, काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ को बिराटनगर, लगायत गोरखा र चितवन जिल्लाहरूमा त्यहाँ रहेका रोट्र्याक्ट क्लबहरुको समन्वय र सहकार्यमा संचालन भइसकेको छ ।

यस अभियान अन्तर्गत ४ वटा प्रश्नहरू सवारी चालकहरुलाई सोधेर, “जिम्मेवार नेपाली म” लेखिएको स्टिकर सवारी साधनमा टासेर, मुख्यतः यी चार कुराहरु को लागि प्रेरित गरिन्छः
१) आवश्यकता बिना सवारी साधनको प्रयोग नगर्ने ।
२) सवारी साधनलाई राम्रो कन्डिसनमा राख्ने ।
३) अनावश्यक रुपमा एसिलीरेटर प्रयोग नगर्ने ।
४) जाम परेको बेला इन्जिन बन्द गरि इन्धनको बचत गर्ने ।

रोट्र्याक्ट क्लब अफ काठमाडौँ मिड–टाउनले अन्य विभिन्न जिल्लाहरुका निम्न रोट्र्याक्ट क्लबहरुसंग समन्वय गरी, यस कार्यक्रम सम्पन्न गरेको हो, रोट्र्याक्ट क्लब अफ बज्र मनास्लु गोर्खा, रोट्र्याक्ट क्लब अफ स्वयम्भू, रोट्र्याक्ट क्लब अफ भादगाउँ, रोट्र्याक्ट क्लब अफ चारुमती, रोट्र्याक्ट क्लब अफ ज्ञानेश्वर सिस्ट, रोट्र्याक्ट क्लब अफ काष्ठमण्डप, रोट्र्याक्ट क्लब अफ कान्तिपुर डेन्टल कलेज, रोट्र्याक्ट क्लब अफ मातृभूमि बालुवाटार, रोट्र्याक्ट क्लब अफ काठमाडौँ, रोट्र्याक्ट क्लब अफ पिपुल्स क्याम्पस, रोट्र्याक्ट क्लब अफ नारायणी मिड– टाउन र रोट्र्याक्ट क्लब अफ मातृभूमि बालुवाटार आइ वो एम, का सदस्यहरुले यस अभियानलाई सार्थकता दिन टेवा पुर्याएका थिए । यस अभियान मार्फत रोट्र्याक्ट क्लब अफ काठमाडौँ मिड–टाउनले अन्य रोट्र्याक्ट क्लबहरुसंग सहकार्य गरी करिब १०,००० जना सम्म पुग्ने लक्ष्य राखेकोमा, उक्त लक्ष्य पुरा गरी कार्यक्रम सम्पन्न गरेको छ ।

यस अभियानलाई आर्थिक तथा प्राबिधिक रुपमा होन्डा नेपाल (स्याकार ट्रेडिङ कम्पनी प्रा लि) ले सहयोग गरेको थियो । यस कार्यक्रमको समापन सत्रमा, रोट्र्याक्ट डिस्ट्रिक्ट, ३२९२, नेपाल र भुटान का, डिस्ट्रिक्ट रोट्र्राक्ट रेप्रिजेन्टेटिभ इलेक्ट, रोशन कार्की को उपस्थितिमा, यस कार्यक्रममा सहभागि सम्पूर्ण volunteers लाई प्रमाण पत्र प्रदान गरिएको थियो र साथ साथै, रोट्र्याक्ट क्लब अफ काठमाडौं मिड-टाउन की प्रेसिडेन्ट सचिता महर्जन ले सहभागि सम्पुर्ण रोट्र्याक्ट क्लबहरुलाई स- धन्यवाद सहित, प्रमाण पत्र प्रदान गरिन।







