२०८३ असार ४ बिहीबार २०

न्यू इन्भाइरोमेण्ट अंग्रेजी मा.वि.को २९औँ वार्षिकोत्सव एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल ।

प्रविधियुक्त, दण्डरहित गुणस्तरीय शिक्षा, आजको आवश्यकता, हाम्रो प्रतिवद्धता भन्ने मूल नारा बोकेको तिलोतमा – ५, रूपन्देहीमा अवस्थित  न्यू इन्भाइरन्मण्ट अंग्रेजी मा.वि.को २९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नेत्रलाल वनको अध्यक्षता एवम् विद्यालयका प्रबन्ध निर्देशक श्री घनश्याम ज्ञवालीको आतिथ्यतामा सो कार्यक्रम गरिएको हो ।  यसै अवसरमा विद्यालयमा रहेका स्मृति अक्षयकोषबाट हरेक तहका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो ।

विभिन्न तहका विद्यार्थीहरुबाट विविध सांस्कृतिक कार्यक्रम, गीत तथा नृत्यहरू प्रस्तुत गरी कार्यक्रमको शोभा बढाएका थिए । विद्यालयबाट प्रकाशन गरिने “ज्ञानवाटिका” भाग तीन पुस्तकको विमोचन गरिएको थियो भने विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पूणर्मा कक्षा-७ मा अध्ययनरत् छात्रा जानवी थापाले पुष्परुपी शब्दगुच्छाले स्वागत गरेकी थिइन् भने आजको कार्यक्रमको औचित्यमाथि विद्यालयका प्राचार्य श्री मधुप्रकाश ज्ञवालीले प्रकाश पारे । अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सभ्य र भव्य रुपमा सम्पन्न भएको यस गरिमामय कार्यक्रम कक्षा-९मा अध्ययनरत् छात्राहरु करुणा पाण्डे र अनुष्का पन्तले कुशलतापूर्वक सञ्चालन गरेका थिए ।

२०७९ माघ २०, शुक्रबार २०:४७ गते 1 Minute 512 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।