काभ्रे
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका, काभ्रेले सोनाम ल्होछार पर्वको अवसरमा २०७९ माघ ७ गते देखि ९ गते सम्म ३ (तीन) दिन सार्वजनिक विदा दिने भएको छ । तामाङ समुदायहरूको साँस्कृतिक एवं महान पर्व २८५९ औं तावार (विरालो) सोनाम ल्होछार पर्वको अवसरमा उक्त नगरपालिका तथा गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सार्वजिनक सूचना मार्फत शुभकामना एवं विदाको जानकारी गराइएको हो । यस अवधीभर सो पालिका अन्तरगतका कार्यालयहरू, शैक्षिक संस्थाहरू, संघ संस्थाहरू एवं बैंक तथा वित्तिय संस्थाहरू बन्द रहनेछ ।







