काभ्रेमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५.९ म्यग्निच्यूडको भूकम्प गएको हो । काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासँगै यसको प्रभाव यस आसपासका क्षेत्रमा परेको छ । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन पनि महसुस भएको छ ।






