२०८३ असार ४ बिहीबार २०

रोटरी क्लब अफ काठमाडौं हाईटद्वारा विद्यार्थीहरूलाई पोशाक वितरण तथा “ फ्रुट फरेस्ट” अवधारणा सहित वृक्षरोपण कार्यक्रम सम्पन्न

काभ्रे । रोटरी क्लब अफ काठमाडौं हाईटद्वारा नमोबुद्द नगरपालिका १ श्री मथुरापाटी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिद्यालय पोशाक वितरण तथा फ्रुट फरेस्ट अवधारणा सहित स्कुल हाताभित्र फलफूलका बिरूवा रोपिएको छ । रोटरी क्लब अफ काठमाडौं हाईट र रोटरी क्लब अफ क्र्यानब्रूक सनराईज, रोटरी डिस्ट्रिक्ट
५०८० क्यानडाको सहयोगमा गरिएको उक्त कार्यक्रममा श्री मथुरापाटी माध्यमिक विद्यालयका ११० जना विद्यार्थीहरूको लागि विद्यालय पोशाक रोटरी क्लब अफ
काठमाडौं हाईटका पदाधिकारीहरुले आज एक कार्यक्रमका बीच स्कुले विद्यार्थीहरुलाई वितरण गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका सांसद तथा प्रदेश सरकारका पूर्वमन्त्री श्री चन्द्र लामाले गरेका थिए भने विशेष अतिथिको रूपमा रोटरी
क्लब अफ काठमाडौं हाईटका अध्यक्ष राजाराम जोशी रहेका थिए । साथै रोटरी क्लव अफ काठमाडौं हाईटका पदाधिकारीहरु राजीव हुमागांई , श्रीकृष्ण धिताल, सनम शेर्पा, बिदुर सत्याल, लक्ष्मी थपालिया, ग्रेसी लामिछने लगायतको उपस्थिती थियो ।

सामाग्री हस्तान्तरण गर्दै रोटरी क्लव अफ काठमाडौं हाईटका मेम्बरसिप डाईरेक्टर श्रीकृष्ण धितालले उक्त प्रोजेक्टको बारेमा प्रकाश परेका थिए । साथै अध्यक्ष राजाराम
जोशीले रोटरीका कार्यक्रमहरु विश्वब्यापी भएको र उक्त सहयोगले धेरै हदसम्म विद्यार्थीहरुलाई पढाईमा सहज हुने कुरा बताए । बागमती प्रदेशका सांसद तथा प्रदेश
सरकारका पूर्वमन्त्री श्री चन्द्र लामाले सहयोगका लागि रोटरी क्लब अफ काठमाडौं हाईट प्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि आउने आशा गरेको बताए ।  रोटरी क्लब अफ काठमाडौं हाईटले स्थापनाकालदेखि नै सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै सामाजिक सेवा प्रदान गर्दै आइरहेको छ । रोटरी ईन्टरनेशनलले सेप्टेम्बर महिनालाई साक्षरता महिनाको रुपमा मनाउदै आईरहेको छ ।

२०७९ भाद्र २६, आईतवार २३:२३ गते 0 Minutes 365 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।