२०८२ आश्विन २० सोमबार २२

राैतहटमा नागरिकता अध्यादेशको दिपावली सहित स्वागत

विशेष गरी नेपालको तराइ भू-भागलाइ लिएर नागरिकताको विषयमा विभिन्न समयमा फरक-फरक टिका टिप्पणी हुने गरेको पाइन्छ । नागरिकता सम्बन्धी विषयलाई लिएर बेलावखत राजनीतिक एजेण्डा समेत बन्ने गरेको छ । अहिले राजनीतिक रुपमा मुलुक अफ्ठेरो परिस्थितिमा रहेको भएता पनि सम्मननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको छ । उक्त अध्यादेश जारी भएको खुशीयालीमा आज रौतहटमा दीपावली गरिएकोछ । निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहको निर्वाचन क्षेत्रको कटहरिया, मौलापुर. बिजयपुर लगायत विभिन्न नगरपालिका सहित रौतहटका विभिन्न स्थानमा दीपावली सहित खुशीयाली मनाइरहका छन् ।

अध्यादेशमा के छ?

अध्यादेशमा नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ मा संशोधन गरी ”नेपाल सरहदभित्र” भन्ने शब्दावलीको सट्टा ”नेपालभित्र” भन्ने शब्द राखिएको छ।

त्यस्तै उपदफामा रहेका ”पितृत्व मातृत्वको” भन्ने शब्दहरूको सट्टा ”पितृत्व र मातृत्वको” भन्ने शब्दहरू राखिएका छन्। त्यस्तै उपदफा ४,५ र ६ थपिएका छन्।

”२०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पुरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन्,” दफा ३ को उपदफा ४ मा उल्लेख छ।

त्यस्तै उपदफा ५ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ। उपदफा ६ मा उपदफा (५) बमोजिम नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने र उनले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा प्राप्त नागरिकतालाई अङ्गीकृत नागरिकतामा परिणत गरिने लेखिएको छ।

मूल ऐनको दफा ८ मा पनि संशोधन गरिएको छ जसमा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा बाबुको पहिचान हुन नसकेको ब्यहोराको स्वघोषणा गरे नागरिकता प्राप्त गर्ने उल्लेख छ। तर निवेदन दिँदा त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस् ठेगानमा नरहेको अवस्थामा प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्ने प्रावधान राखिएको छ।

त्यस्तै नागरिकता प्रमाणपत्र लिँदा बाबु र आमा दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने संशोधनमा उल्लेख छ।

२०७८ जेष्ठ ९, आईतवार १७:२९ गते 1 Minute 1366 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।