२०८३ असार ४ बिहीबार २०

विवेक र सरस्वतीले हात पारे केयुको ‘एनएससीएस’ ५ किमी दाैडकाे उपाधि

धुलिखेल, काभ्रेपलाञ्चोक।

काठमाडौं विश्वविद्यालयको प्रकृति तथा सामाजिक चिन्तन समाज (एनएससीएस) ले २१ औँ स्थापना दिवसको अवसरमा आज ५ किमी दाैड प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा पुरुषतर्फ विकेश घिमिरे र महिलातर्फ सरस्वती बोहोराले पहिलाे स्थान प्राप्त गरेका छन्। साेमबार भएकाे दाैडमा निर्धारित दुरी विकेशले  १६ मिनेट र सरस्वतीले २० मिनेट ३९ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन्। यस कार्यक्रमको समुद्घाटन काठमाण्डाैँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन जनार्दन लामिछानेले गरेका थिए ।

“Let’s burn calories not fuels” भन्ने मूल नाराका साथ शुरू भएको यस कार्यक्रममा पुरुषतर्फ प्रविन लिम्बु दोस्रो र रेम बुढामगर तेस्रो भए।  महिलातर्फ भने गोमा बुढामगर दोस्रो र कविता खत्री तेस्रो सथानमा रहे। म्याराथन कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका उप प्रमुख निराजन जंगमले पर्यावरण जोगाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रदान गर्ने बताए।

यही भदौ ८ गते विश्वविद्यालय अन्तर्गतको यस (एनएससीएस) समाजले आफ्नो २१ औं स्थापना दिवस मनाउन लागेको हो। सन् २००१ मा स्थापना भएको यस क्लबले आफ्नो स्थापना कालदेखि नै पर्यावरणीय क्षेत्रका नयाँ आयामहरुमा बहस तथा प्रकृति मानव जातिको मात्र नभई सबै प्राणी जगतको साझा घर हो भन्ने वैज्ञानिक चेतको निमार्ण गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। स्थापना दिवसलाई भव्य बनाउन यस क्लबले फोटोग्राफी, चित्रकला, म्याराथन, र सांस्कृतिक कार्यक्रमहरु संचालन गरिरहेको कार्यक्रम संयोजक ईसा केसीले जानकारी दिइन्।

‘अहिले विश्वमा जलवायु संकट एउटा मुख्य अन्तरविरोधका रुपमा प्रकट भएको छ। हामीले निर्माण गरेको मानवकेन्द्रित समाजले मानवजातिको मात्र नभई अन्य प्राणीहरुको अस्तित्वलाई पनि गम्भीर प्रश्न खडा गरेको छ । अझ नेपालजस्तो देशमा त विकास र वातावरणको सन्तुलन नभएका कारणले वातावरणीय समस्याहरु धेरै प्रकट भएका छन्।, ’ प्रकृति तथा सामाजिक चिन्तन समाजका अध्यक्ष सुजन बजगाँईले बताए।

बजगाईंका अनुसार यस कार्यक्रमको उद्देश्यक भनेको स्कुल र कलेजमा पढ्दै गरेका सुन्दर भविष्य बोकेका विद्यार्थीहरुलाई पर्यावरणको महत्त्व बारेमा सजग गराउनु हाे।

क्लबद्वारा आयोजित कार्यक्रमहरू:

  • अनलाइन फोटोग्राफी प्रतिस्पर्धाः

    १० अगस्टदेखि २० अगस्ट सम्म ‘ह्युमन इन नेचर’ नाराका साथ अनलाइन फोटोग्राफी प्रतियोगिता सन्चालन हुनेछ। यसका लागि सहभागीहरूले ‘स्मार्ट हेल्थ नेपाल’ नामक एप डाउनलोड गरी साइन अप गर्नुपर्ने हुन्छ, उक्त स्क्रिनसट लिएर उपयुक्त क्याप्सन र फोटोसहित मेलमा संलग्न गर्नुपर्नेछ।

  • पाँच किलोमिटर दौड प्रतियोगिताः

    २२ अगस्ट २०२२ मा बिहान साढे सात बजेदेखि केयू फाउण्टेन एरियामा ‘लेट्स बर्न क्यालोरी नट फ्युल’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना हुनेछ।  यसमा  महिला तथा पुरुषका छुट्टै विधा निर्धारण गरिएको छ। यो केयु फाउन्टेनबाट शुरु भएर केयुमै सकिनेछ।

  • लाइभ आर्ट प्रतियोगिताः

    २३ अगस्ट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म केयू फाउण्टेन एरियामा लाइभ आर्ट प्रतियोगिता सञ्चालन गरिनेछ।

  • प्रदर्शनीः

    २४ अगस्टमा क्लब र यसका सदस्यहरूका विभिन्न उपलब्धिहरू सेयर गर्ने उद्देश्यले विभिन्न प्रायोजकहरूद्वारा सञ्चालित स्टलहरूसहितको प्रदर्शनी गरिनेछ। केयू परिसरमा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म प्रदर्शनी आयोजना हुँनेछ।

  • सुमधुर साँझर स्ट्याण्डअप कमेडीः 

    २४ अगस्टमा समापन समारोहको एक अनौपचारिक कार्यक्रम गरिनेछ। यहाँ सबै काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले तीन दिने कार्यक्रमको सफलताका लागि विशेष कार्यक्रम प्रदर्शन गर्नेछन्।

२०७९ भाद्र ६, सोमबार २३:५४ गते 1 Minute 494 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।