काभ्रे ।
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ३ मा रहेको श्री राम माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेश तिवारी पुनः एकपटक चुनिएका छन् । यस अघि उनले एक कार्यकाल विताइ सकेका छन् । उनकै कार्यकालमा १२ कोठे पक्की भवन समेत बनेको थियो ।

आज बसेको अभिभावकहरूको भेलाले निर्विरोध छानेको छ । शिक्षाको क्षेत्रमा निकै अघिदेखिनै सक्रिय रूपमा सहयोग पुर्याउँदै आएका उनी वडा नं. ३ का वडा अध्यक्ष पनि हुन् । वि.सं. २०७० सालमा विद्यालयको अक्षय कोष स्थापना गरी रु.१,००,०००।- (एक लाख रूपैँया) प्रदान गरेका थिए । हाल उक्त कोषमा रू. १५,५०,०००।- (पन्ध्रलाख पचास हजार रूपैँया) जम्मा भएकाे जानकारी प्राप्त भएको छ ।
वि.सं. २०४७ सालमा स्थापना भएको सो विद्यालयमा हाल करिव २०० जनाको संख्यामा विद्यार्थीहरू रहेका छन् । अध्यक्ष तिवारीले विद्यालयको पठन-पाठनमा सुधार ल्याउन कुनै पनि कसुर बाँकी नराख्ने र छिट्टै अंग्रेजी माध्यमबाट समेत पठन-पाठनको व्यवस्था मिलाउने घोषणा गरेका छन् । त्यस्तै प्रोत्साहन स्वरुप उत्कृष्ट शिक्षकलाई वार्षिक रू. ५०००।- (पाँच हजार) र १ देखि १० कक्षाका विद्यार्थीहरूलाई विद्यालयले लिने त्रैमासिक परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई जनही क्रमश रू. ३००।-, २००।- र १००।- का दरले हरेक त्रैमासिक उपलब्ध गराउने घोषणा गरेका छन् ।







