भकुण्डे ।
नमोबुद्ध नगरपालिका वडा नं. ३ का जनप्रतिनिधिहरूले निर्वाचनताका बोलेका कुराहरू पूरा गर्न दैनिक रूपमा खटिरहेका छन् । जसको परिणाम स्वरूप वडा न. ३ का नागरिकहरूले विद्युतीय समस्यबाट मुक्त हुने भएका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिव ३ महिना वितिसकेको छ । यस अवधीमा उर्जा बोकेका जनप्रतिनिधहरूले भने आफ्ना वाचाहरु पूरा गर्न लागि परेका छन् । जनताको आधारभूत आवश्यकता पूरा गर्न कुनै पनि कसुर बाँकी नराख्ने लक्षकासाथ आफ्नो व्यवसायका वावजुत दिनरात जनसेवामा नै समर्पित भएका वडा नं. ३ का वडा अध्यक्ष रमेश तिवारी सहितका टिमले उदाहरणीय काम गरिरहेका छन् ।
विद्युत खपत ज्यादा भई समयसमयमा ट्रान्सफरमरमा आइरहने समस्याका कारण चरुवा र छापका करिव ४०० घरधुरी मारमा परेका थिए । वडावासीहरूकाे गुनासो सुनुवाइ गर्ने क्रममा वडा अध्यक्षको पद वहाल भएको केही दिनमा नै वडा अध्यक्ष तिवारीले विद्युतीय क्षमता वृद्धि गर्न विद्युत प्राधिकरण भकुण्डेबेशी र बनेपामा पहल गरेका थिए । उक्त प्रत्रको जवाफ र निरन्तर ताकेताको फलस्वरूप आज विद्युत प्राधिकरण भकुण्डेबेशीको सिफारिसमा विद्युत प्राधिकरण बनेपाबाट १६ वटा फलामका पोल र २०० केभिए.को ट्रान्सफरमर वडामा आइपुगेको छ ।

तस्वीरः गोकुल भूर्तेल

तस्वीरः गोकुल भूर्तेल
हाल चरूवामा प्रयोग भएको १०० के.भि.ए.को ट्रान्सफरमरको ठाउँमा २०० के.भि.ए.क्षमताको ट्रान्सफरमर राखिनेछ । उक्त १०० के.भि.ए.को ट्रान्सफरमर छापमा भएको ५० के.भि.ए.को ठाउँमा प्रतिस्थापन गरिनेछ । बाँकी भएको ५० के.भि.ए.को ट्रान्सफरमर भने सोही ठाउँमा उपयाेग नभएमा विद्युत प्राधिकरणले फिर्ता लाने जानकारी प्राप्त भएको छ । नयाँ ट्रान्सफरमरको जडान कार्य अहिले धमाधम शुरू भइरहेको छ । सो कार्य करिव ३ दिनमा समाप्त हुने अनुमान गरिएको छ ।
यस कार्यमा वडा अध्यक्ष रमेश तिवारी, वडा सदस्यहरू गोकुल भूर्तेल, रेशम दाहाल, शान्ति तामाङ, सुन्तली वि.क. तथा वडावासीहरूको सक्रिय भूमिका रहेको छ । दैनिक रूपमा हैरानी खेपीरहनु परेका करिव ४०० घरधुरीले भने अब आराम पाउनेछन् । आगामी दिनहरूमा यस वडा नं. ३ का नागरिकहरूले विद्युतीय समस्या सम्भवत भोग्नु पर्नेछैन ।

तस्वीरः गोकुल भूर्तेल

तस्वीरः गोकुल भूर्तेल

तस्वीरः गोकुल भूर्तेल






