काठमाडौं ।
अब एन्ड्रोइड प्रयोगकर्ताले पनि युट्यबुका भिडिओहरू जुम गरेर हेर्न पाउने भएका छन् । गुगलले युट्युब प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने क्रममा यसपटक एन्ड्रोइडमा जुम फिचर सार्वजनिक गरेको हो । एन्ड्रोइडका प्रिमियम युट्युब प्रयाेगर्ताले हाल याे फिचर प्रयाेग गर्नसक्छन् । यसअन्तर्गत भिडिओको एक भाग नजिकबाट हेर्न जुम इन गर्नसक्ने फिचर दिइएको छ । प्रयोगकर्ताले लामो समयदेखि यो फिचरको माग राख्दै आएका थिए ।
अन्ततः एन्ड्रोइड प्रयोगकर्ताका लागि पिन्च-टु-जुम फिचर कम्पनीले ल्याएको छ । कम्पनीका अनुसार पिन्च-टु-जुम डेमोको लागि सेप्टेम्बर १ देखि उपलब्ध हुनेछ । त्यसपछि भने सबै प्रिमियम प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध हुने बताइएको छ । यो सुविधा अन्य प्रयोगकर्ताहरूलाई उपलब्ध गराइने छ कि छैन भन्नेबारे भने कुनै जानकारी दिइएकाे छैन ।

किन रातभर मोबाइल चार्ज गर्नुहुँदैन ?
काठमाडौं । सामान्यतया धेरैजसो प्रयोगकर्तामा दिनभर मोबाइल चार्ज नगरी चलाउने, अनि राती सुत्ने बेलामा चार्ज गर्ने बानी हुन्छ । राति पनि चार्ज भइसकेपछि झिक्नेभन्दा रातभर फोनलाई चार्जमा नै छोड्ने पनि धेरैको बानी हुन्छ । अर्कोतिर राति अबेरसम्म मोबाइल प्रयोग गर्ने अनि सुत्ने बेलामा चार्जमा राखेर भोलि बिहानमात्र चार्जबाट झिक्ने पनि केहीको बानी हुनसक्छ । यसोगर्दा तत्काल मोबाइलमा कुनै असर नदेखिए पनि लामो समयका लागि हेर्दा रातभर अथवा आवश्यकता भन्दा बढी फोन चार्जमा राख्नु जोखिमपूर्ण हुनसक्छ ।
आवश्यक भन्दा फोन चार्जमा किन राख्नु हुँदैन ?
यो प्रश्नको सबैभन्दा पहिलो जवाफ हो, उच्च तापक्रम । उच्च तापक्रम अथवा धेरै तातो अवस्थाले ब्याट्रीलाई असर पार्ने काम गर्छ । जब तपाइँको फोन चार्जरमा जडान हुन्छ, यो तातो हुन्छ – यो जडान नभएको अवस्थामा भन्दा बढी नै न्यानो हुन्छ । यो तातो तपाईंको कोठाको तापक्रम भन्दा केही डिग्रीमात्र बढी पनि हुनसक्छ । यसले ब्याट्रीलाई झन् खराब गर्ने काम गरिरहेको हुन्छ । यसरी आवश्यक भन्दा धेरै चार्ज गर्दा फोन धेरै तातिनसक्छ र यसले ब्याट्रीको क्षमतालाई नै कमजोर बनाउन पनि सक्छ ।
यसले ढिलो चार्ज हुने अथवा छिटो चार्ज सकिने समस्याहरू पनि देखापर्न सक्छन् । त्यसैले राति चार्ज गर्नुको सट्टा फोनलाई दिनमा एक वा दुई पटक चार्ज गर्नु उपयुक्त हुन्छ । कुनै लामो यात्रामा जानु छ भने फोनलाई शतप्रतिशत चार्ज गर्ने र साथमा पावरबैंक बोकेर पनि हिड्न सकिन्छ । तर आवश्यकभन्दा कम चार्ज हुनु र आवश्कभन्दा बढी चार्ज गराउनु भनेको फोनको ब्याट्रीको लागि पनि घातक हुन्छ । र यसले कहिलेकाहिँ भौतिक क्षति पनि गर्नसक्छ ।
जेडडी नेटबाट






