भकुण्डे ।
स्थानीय तहको निर्वाचन, २०७९का लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले नगरवासीहरूमा केही प्रतिवद्धता गरेका थिए । उक्त समयमा गरेका प्रतिवद्धताहरूमा केन्द्रित भएर केही जनप्रतिनिधिहरूले काम गर्दै आएका छन् ।
नमोबुद्ध नगरपालिकाका नगर प्रमुख लामाले नगरबासी समक्ष पूर्ण अशक्त, बैकिङ सेवासम्म पुग्न नसक्ने वर्गहरुलाई वित्तिय संस्थाहरुसंगको समन्वय र सहकार्यमा घरघरमा सामाजिक सुरक्षाा भत्ता वितरण गर्ने प्रतिवद्धता गरेका थिए । बैंकसँगको सहकार्य र समन्वयमा स्थानीयस्तर तथा वडास्तरमा नै घुम्ति बैकिङ सेवा मार्फत वडा नं. १ बाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य शुरु गरिएको छ ।
नगर प्रमख लामाले वृद्ध तथा अशक्तलाई भत्ता वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । यस कार्यक्रममा नगर प्रमुख कुनसाङ लामा, नगरपालिकाका ईन्जिनियर उज्ज्वल अर्याल, १ नं. वडा अध्यक्ष प्रेम तामाङ, एम.आइ.एस. अपरेटर भिमसेन थापा, लुम्बिनी विकास बैंकका तर्फबाट रुकु सुवेदी, १ नं. वडा सदस्य कृष्ण बहादुर तामाङ, वडा सचिव हरिकृष्ण खड्का लगायतका उपस्थित थिए ।






