२०८३ असार २ मंगलवार ०८

युनियन लाइफले ग‍‌‍र्‍यो मृतक मास्के परिवारलाई १ करोड बीमा दावी भूक्तानी

काभ्रे ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाचँखाल शाखा मार्फत एक कार्यक्रमका बीच मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।  मृतक चन्द्रलाल मास्केले २०७७ साल भदौ २२ गते युनियन लाईफ इन्स्योरेन्स पाँचखाल शाखाबाट वार्षिक अग्रिम भुक्तानी पोलिसि अन्तर्गत ५० लाख रुपैयाँको बीमा गरेका थिए । मृतक चन्द्रलाल मास्के २०७८ चैत्र २५ गते मोटरसाईकल दुर्घटनामा परी अस्पताल लाँदै गर्दा उनको मृत्यु भएको थियो ।

पाँचखाल शाखाले यहस् श्रावण १ गते शाखा कार्यालयमा मृत्यु दावी भूक्तानी कार्यक्रम गरी  चन्द्रलाल मास्केको परिवारलाई १ करोड २ लाख ८० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उनले पहिलो वर्ष ३ लाख ५४ हजार ४०० रुपैयाँ र दोस्रो वर्ष १ लाख ४ हजार ४०० रुपैयाँ गरी जम्मा ४ लाख ५८ हजार ८०० रुपैयाँ किस्ता बुझाएका थिए । कम्पनीले साउन १ गते एक कार्यक्रमका बीच मृतकको काका र भाई सहितको उपस्थितिमा उनको श्रीमतीलाई चेक हस्तान्तरण गरेको हो ।

जस बापत  दुर्घटनाबाट मृत्यु भएकाले दुर्घटना मृत्यु बापतको सुविधा रकम, विमांक रकम र बोनस रकम सहित १ करोड २ लाख ८० हजार रुपैयाँ उनको परिवारले क्षतिपुर्ति बापत प्राप्त गरेको छ भने यो भुक्तानी यस क्षेत्रकै सबैभन्दा ठूलो दावि भुक्तानी रहेको छ ।

कम्पनीले एक कार्यक्रम बीच कम्पनीका तर्फबाट ३ नं. प्रदेशका क्षेत्रिय इन्चार्ज दोर्जे लामाको हातबाट चेक हस्तान्तरण गरेको छ भने उक्त कार्यक्रममा सिनियर एजेन्सि म्यानेजर एवम् एमडिआरटि निरन्जन अधिकारी, सिओटि अष्ट बहादुर श्रेष्ठ, एमडिआरटि नवराज बोलखे, एजेन्सि म्यानेजर विनोद बोलखे, श्याम सापकोटा, अस्मिता श्रेष्ठ र पाँचखाल शाखा प्रमुख सञ्जिव अधिकारीको उपस्थिति थियो ।

२०७९ श्रावण २, सोमबार १२:२१ गते 0 Minutes 578 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।