२०८३ असार ४ बिहीबार १९

जागिर गर्नेलाई सुवर्ण अवसर, रोशी गा.पा.ले माग्यो २५ कर्मचारी

काभ्रे । 

रोशी गाउँपालिकाको कार्यालयले विभिन्न पदमा २५  जनाको लागि आवेदन खुलाएको छ । मिति २०७९/०३/३० मा प्रकाशन गरिएको सूचना अनुसार विभिन्न ९ पदमा आवेदन माग गरेको छ । सब इन्जिनियरमा ४, हेल्थ असिस्टेन्टमा ७, कम्प्युटर अपरेटरमा २, एम आई.एस. अपरेटरमा १, रोजगार सहायकमा १, अ.हे.ब.मा २, अ.न.मी.मा ३, अ.सब.इन्जिनियरमा ४ र सहायक कम्प्युटर अपरेटरमा १ गरी जम्मा २५ जनाको लागि दरखास्त आह्यवान गरीएको छ ।

सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त फारमभरी कार्यालयमा पेश गर्नुपर्नेछ । कार्यालयमा बुझाउनुपर्ने कागजातहरूमा दरखास्त  फारम, उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी, नागरिकताको प्रतिलिपी, अनुभव खुल्ने कागजात, पासपोर्ट साइजको फोटो २ प्रति र रोशी गा.पा.को राजश्व शाखामा दरखास्त दस्तुर बुझाएको सक्कल भौचरलाई एउटा फाइलमा एकीकृत गरी पेश गर्नुपर्नेछ । दरखास्त फारम रोशी गा.पा.को कार्यालय वा वेवसाइट www.roshimun.gov.np बाट समेत प्राप्त गर्न सकिनेछ ।

२०७९ असार ३०, बिहीबार १८:२५ गते 1 Minute 555 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।