२०८३ असार ४ बिहीबार १८

संसदीय चुनाव मंसिर २ वा ५ मा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले भोलि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगका एक निर्वाचन आयुक्तले नेपाल प्रेसलाई जानकारी दिए । आयोगले बुधबार मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने आयोगले जनाएको छ ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको ती सदस्यले बताए । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारको उच्च स्तरीय टोलीलाई भोलि भेट्ने समय मागेका छौं । भोलि भेटेर मंसिर २ वा ५ गतेमध्ये एक दिन निर्वाचन गर्नका लागि ५ पन्नासहितको सिफारिस सरकारलाई बुझाउने तयारी छ ।’  छिटफुट घटना बाहेक पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएको निर्वाचन आयोगले संघीय र प्रादेशिक निर्वाचन पनि एकै चरणमा गर्नका लागि सिफारिस गर्न लागेको हो । यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो । नेपालप्रेसडटकमबाट

२०७९ असार २१, मंगलवार २०:०७ गते 0 Minutes 609 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।