२०८३ असार १ सोमबार १७

धुलिखेल अस्पतालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो

धुलिखेल ।

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ भेटिएको हो।अन्य प्रयोगशालाबाट संकलन भएको नमूनाको जीन सिक्वेन्सिङ गर्ने क्रममा उक्त उपप्रजाति भेटिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ताधुलिखेल अस्पतालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियोधुलिखेल अस्पतालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो डा समीरकुमार अधिकारीले भने नेपालमा ओमिक्राने भेरियन्टको नयाँ उपप्रजाति बीए फाइभ पुष्टि भएको बारे आधिकारिक जानकारी नआएको बताए।

‘हामीलाई यो विषयमा अझै आधिकारिक जानकारी आएको छैन,’ सहप्रवक्ता अधिकारीले भने, ‘आधिकारिक जानकारी नआएसम्म हामीले केही भन्न मिल्दैन।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले पनि आधिकारिक जानकारी नआएको बताए। ‘हामीले पनि आधिकारिक जानकारी आएको छैन। तर मिडियमा भने धुलिखेल अस्पतालमा नयाँ प्रजाति फेला परेको विषयमा पढेको हुँ। हामीले पनि जीन सिक्वेन्सिङ गरिरहेका छौं। मंगलबारसम्ममा रिपोर्ट आउँछ।’

२०७९ असार १९, आईतवार २२:१५ गते 1 Minute 921 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।