भकुण्डे ।
नगर प्रमुख कुनसाङ लामाज्यूको नेतृत्वमा बजार अनुगमन समितिद्वारा नमोबुद्ध नगरपालिकाको भकुण्डे बजारबाट बुचाकोट तथा नौबिसे बजारसम्म सरसफाईको अनुगमन तथा फोहोर मैला व्यवस्थापनका लागि सार्वजनिक स्थलमा डस्टबिन र सूचना पाटी राख्ने काम सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसको उपलक्षमा नमोबुद्ध नगरपालिकाले नगर प्रमुखज्यूको नेतृत्वमा बृहत सरसफाई कार्यक्रम आयोजना गरी भकुण्डे बजार सरसफाई गर्ने कार्य शुरूवात भएको थियो । यस्ता कार्यक्रमहरू प्राय दिवसमा मात्र मनाउने गरेता पनि यस नगरपालिकाले भने हाल सम्म निन्तरता दिँदै आएको छ । नगर प्रमुखको पद वहाल गरेकै दिन वातावरणमैत्री नगरपालिका बनाउने घोषणा गरेसँगै यससँग सम्बन्धित कार्यक्रमहरु नगर प्रमुख कै नेतृत्वमा निरन्तर गर्दै आएका छन् । बजार क्षेत्रको सरसफाईलाई कायम राख्न सरसफाईकर्मी र नगरप्रहरीहरु निरन्तर सरसफाई कार्यमा जुटिरहेका छन् ।
हरेक हप्ता नगर प्रमुख स्वयम् फिल्डमा निस्किएर सरसफाइ कार्यको अनुगमन गर्ने कार्य समेत भएकाे छ । बजार क्षेत्रका यात्रुहरूको लागि फोहोर फाल्नको निमित्त आज नगर प्रमुखले डस्टबिन वितरण गरेका थिए । व्यवसायीहरूलाई आफ्नो पसल अगाडीको आगन आफैले सफा राख्न निर्देशन दिएका छन् भने बजारको सुन्दरता कायम राख्न सडक पेटीका ओगटेर राखेका टहरा तथा सामाग्रीहरू समेत ३ (तीन) दिनभित्र हटाउन अनुरोध गरेका छन् । यस कार्यक्रममा नगर प्रमुख श्री कुनसाङ लामा, वडा नं. १ का वडा अध्यक्ष श्री प्रेम लामा, वडा नं. २ का वडा अध्यक्ष श्री कविराज श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष श्री रमेश तिवारी, वडा नं. ४ का अध्यक्ष श्री अर्जुन बहादुर कार्की वडा नं. ६ का वडाअध्यक्ष श्री टिका बहादुर के.सी., वडा नं ७ का वडाअध्यक्ष श्री धर्म सिं लामा, वडा नं. १० का वडा अध्यक्ष श्री रामकृष्ण उपाध्याय, वातावरण अधिकृत श्री सन्तोष काफ्ले, नगरपालिकाका कर्मचारी, सरसफाइकर्मीहरू, वजारका व्यवसायी, नागरिक अगुवा लगायतका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।









