भकण्डे ।
नमोबुद्ध नगरपालिकाको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा नगर प्रमुख कुनसाङ लामाज्यूद्वारा आर्थिक वर्ष २०७९/0८० को नीति तथा कार्यक्रम एवं उपप्रमुख रत्नबहादुर लामाज्यूद्वारा ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ प्रस्तावित बजेट प्रस्तुत गरिएको छ । चालु आ.व. २०७८/०७९ मा यस नमोबुद्ध नगरपालिकाबाट सञ्चालन भएका योजना तथा कार्यक्रमको संक्षेपमा समीक्षा गर्दै उपप्रमुख लामाले आर्थिक वर्ष २०७९/०८० को लागि अनुमानित आन्तरिक आय ४ करोड ७२ लाख ५१ हजार ३ सय ५३ रुपैँया, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान १ करोड ९ लाख १ हजार,
राजश्व बांडफांड २ करोड ६६ लाख ५५ हजार, सशर्त अनुदान २ करोड ३६ लाख ६ हजार, विशेष अनुदान ८० लाख, समपुरक अनुदान ३ करोड यसै गरी संघीय सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख राजश्व बांडफांड ९ करोड २८ लाख ४९ हजार, सशर्त अनुदान ३१ करोड ९९ लाख, समपुरक अनुदान १ करोड यसै गरी अन्य आय तर्फ ३ करोड २२ लाख ३ हजार ६ सय ४४ रुपैँया गरी कुल अनुमानित आय ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपैँया अनुमानित बजेट प्रस्तुत गरेका छन् ।
बजेटको पूर्णपाठ









