काभ्रे ।
आज सम्पन्न भएको जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनबाट प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीपक गौतम विजयी भएका छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार गौतमले २२ मत पाएका छन् भने एमालेका उम्मेदवार कमला भट्टराईले ४ मत मात्र पाएकी छिन् । त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिमबहादुर तामाङ चयन भए । तामाङ नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरे । सदस्यहरूमा गठबन्धनको तर्फबाट उठेका अप्सरा सिप्खान(ढुंगाना) चण्डिका मिजार, नीरबहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी विजयी भए । काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र ८, नेकपा एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए ।







