२०८३ असार २ मंगलवार १४

नाबालिकाको तस्वीर एडिट गरी अश्लील भिडिओ बनाउने घुलिखेलका एक व्यक्ति साइबर ब्यूरोको खोरमा

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा काभ्रेका बिकेश सोजु पक्राउ परेको छन् । नाबालिकाको तस्वीर एडिट गरी अश्लील भिडिओ बनाई आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।  २० वर्षीय सोजु काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. ६ चोच्छेका बासिन्दा हुन् । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंको अनुमतिले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो ।

त्यसैगरी, सामाजिक सञ्जालमा पीडित महिलाको तस्वीर दुरुपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सन सहित पोष्ट गरी पीडितको चरित्र हत्या गर्ने अर्का व्यक्ति समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजुमा बस्ने २० वर्षकी भोजकुमारी दाहाललाई पक्राउ गरिएको छ । उनलाई समेत विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । दुवैलाई जिल्ला अदालतको बिहीबारको आदेशका आधारमा पाँचपाँच दिन, म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । टेकपानाबाट

२०७९ जेष्ठ २७, शुक्रबार २१:४४ गते 0 Minutes 544 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।