२०८३ असार ४ बिहीबार १७

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं, जेठ १५ गते ।
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का गरिएकाे छ । छ  विदेशी र १३ जना नेपालीसहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको आशङ्का गरिएकाे हो ।

आइतबार बिहान ९ः५५ बजे उडेको जहाज  सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे हुनसक्ने जानकारी प्राप्त भएको गण्डकी प्रदेश संयोजक रमेश पौडेलले जानकारी दिनुभयो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि मौसममा बदली हुँदा देशैभर वर्षा भएको थियो ।

-गोरखापत्र अनलाइनबाट

२०७९ जेष्ठ १५, आईतवार ११:५४ गते 1 Minute 378 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।