२०८३ असार ४ बिहीबार १७

स्वतन्त्र तर्फका उम्मेदवार बागमतीकै पहिलो निर्वाचित व्यक्ति बने प्रेम तामाङ

काभ्रे ।

नमोबुद्ध नगरपालिका वडा नं. १ को मतगणना आइतबार विहान ६:०५ बजे सम्पन्न भएको छ । निर्वाचनको परिणाम घोषणा भएसँगै वडा अध्यक्षमा जेब्रा चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका प्रेम बहादुर तामाङले ५५६ मत सहित विजयी भएका छन् । वडा नं. १ मा स्वतन्त्र तर्फबाट प्यानलले नै उम्मेदवारी दर्ता गराई स्थानीय तहको निर्वाचनमा सहभागी भएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दिएका मध्ये वडा अध्यक्षमा प्रेम बहादुर तामाङ, वडा सदस्यमा मुरारी सत्याल र दलित महिला सदस्यमा राधिका शंकर निर्वाचित भएका छन् भने एमालेबाट महिला सदस्यमा रूपा प्याकुरेल र वडा सदस्यमा कृष्ण बहादुर तामाङ निर्वाचित भएका छन् ।

पछिल्लो समय राजनीतिक पार्टीप्रतिको मोह कम हुँदै जाँदा यही आसन्न स्थनीय तह सदस्त निर्वाचन, २०७९मा देशको विभिन्न स्थानीय तहहरूका विभिन्न पदमा स्वतन्त्रबाट उम्मेदवार दर्ता गराउनेहरूको लर्को बढेको पाइन्छ । यसरी स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुनु भनेको राजनीतिक दलहरू प्रति नागरिकको विश्वास गुम्दै गएको पुष्टि हुन्छ । बैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट स्वतन्त्र उम्मेदवारहरू मध्ये सम्भवत उनी बागमती प्रदेशको पहिलो निर्वाचित व्यक्ति हुनुपर्छ ।

२०७९ जेष्ठ १, आईतवार ०८:१९ गते 0 Minutes 946 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।