भकुण्डे ।
नमोबुद्ध नगरपालिकाको १६ वटै मदतान स्थल तथा ३० वटै मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी निर्वाचन अधिकृतको कार्यालय, नमोबुद्ध नगरपालिका, भकुण्डेबेशीमा बुझाइसकेकाे छ । अहिले मतगणना तयारीका लागि निर्णय गर्न सर्वदलीय बैठक सुरु भएको छ । निर्वाचन अधिकृत श्री विष्णु प्रसाद ज्ञवालीका अनुसार छलफलले नमोबुद्धको मतगणनाको समय निर्धारण गर्ने जानकारी दिए । नमोबुद्धमा विहान ८ः०० बजे सवर्दलीय बैठक बसी मतगणना गरिनेछ ।






