बैशाख ३० गते।
हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिनुभयो। जिल्लामा चार गाउँपालिका रहेको छ। जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामासमेत सुरु भएको उहाँले बताउनुभयो। जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन्। कूल चार हजार ६७ मत खसेको छ।
पछिल्लो गणना अनुसार एमालेका अध्यक्ष उम्मेदवार लोेकेन्द्रवहादुर घले १५२ मत सहित अग्रस्थानमा छन् । उपाध्यक्षमा पनि एमालेकै आशाकुमारी गुरुङ १५४ मतसहित अग्रस्थानमा छिन् । कांग्रेसका अध्यक्ष उम्मेद वार छिरिङ लामा १३० मतसहित दोस्रो स्थानमा रहदा उपाध्यक्ष उम्मेदवार ढोमा लामा १२९ मतसहित दोस्रो स्थानमा छिन् । नेस्याङमा पनि एमालेले अग्रता लिएको छ तर मतपरिणाम आउँन बाँकी छ ।
– रासस






