२०८३ असार ४ बिहीबार १७

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७९/०१/२८ देखि २०७९/०१/३०)

काठमाण्डाैँ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का एक-दुई स्थानहरूमा मेघ/गर्जन सहित वर्षा भइरहेको छ।

२०७९ वैशाख २८ गते (बुधवार

दिउँसो : प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख २ गते (बिहीवार

दिउँसो : प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

२०७९ वैशाख ३० गते (शुक्रवार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेश केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ का केही स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

२०७९ बैशाख २८, बुधबार १४:३१ गते 1 Minute 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।