काठमाडौं ।
काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।
मोदी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय वायुसेनाको विमान लुम्बिनीमा
जेठ २ गते २५६३ औं बुद्ध जयन्तीमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली रुपन्देही आएको छ । बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानमार्फत उक्त टोली आएको हो । विमानमा भारतीय सैनिक अधिकारीहरु छन् ।
जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि सुरक्षा व्यवस्थापनका लागि उक्त सैनिक अधिकारीहरुको टोली भारतीय सेनाको विशेष विमानबाट भैरहवा आएको हो। टोलीमा ३० जना रहेको बताइएको छ । उनीहरु जेठ ३ गतेसम्म लुम्बिनीमै बस्नेछन् । उनीहरुलाई छोडेर विमान आजै फिर्ता जानेछ ।






