२०८३ असार २ मंगलवार १४

‘मिदी’ भन्दै सामाजिक सञ्जालमा भाइरल नक्कली म्यादी प्रहरी पक्राउ

काठमाडौं ।

फेसबुकमा ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै वाणगङ्गा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। जसमा उनले आफ्ना साथीहरूलाई गाँजा सेवन गर्नदेखि आफूलाई जे मन लाग्छ त्यही गर्न भनेका थिए ।

भिडिओ फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा भाइरल भएपछि निकै आलोचना भएकाे थियाे । त्यसपछि तीव्र गतिमा खोजी थालेको प्रहरीले बुधबार कपिलवस्तुबाट रेग्मीलाई पक्राउ गरेको हो ।

उनले बनाएको भिडिओमा उनी ड्युटी गरेर फर्कदै गरेको जस्तो देखिन्छन् । यद्यपि उनी वास्तविक म्यादी नभएको अनुसन्धानबाट खुलेको छ । नवराजले आफ्नो सामाजिक सञ्जालमा करिब एक मिनेटको भिडिओ अपलोड गरेका थिए । अहिले त्यही भिडिओका केही क्लिपहरू निकै नै भाइरल भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार ‘मिदी’ भनेर भाइरल भएका ती युवक वास्तविक म्यादी प्रहरी थिएनन् ।

उनले दाइ नाता पर्नेको बर्दी बाहिर सुकाएको अवस्थामा आफूले लगाइ भिडिओ बनाएका थिए । भिडिओमा प्रतिबन्धित गाँजा सेवनका बारेमा साथीहरूलाई आह्वन गरेको र म्यादी प्रहरीको बर्दीको दुरुपयोग गरेको भन्दै सार्वजनिक अपराधको मुद्दा चलाइएको उनले बताएका छन् ।

२०७९ बैशाख २१, बुधबार १५:५१ गते 1 Minute 498 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।