२०८३ असार ४ बिहीबार १७

रोशीमा फोर्स र सुमो जुध्दा एक बालक सहित पाँच जनाको निधन (मृतकको नामसहित)

काभ्रे – काभ्रेको रोशी गाउँपालिका ११ मा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । काठमाडौँबाट भारततर्फ तीर्थयात्री लिएर जादै गरेको भारतीय नंवर प्लेटको यात्रुवाहक UP58 T 8181 नंवरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको ना १ ज ४२१० नंवरको टाटसुमो एक आपसमा जुधेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० बर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ बर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् । दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

२०७९ बैशाख २१, बुधबार १५:३८ गते 1 Minute 396 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।