भकुण्डेबेशी ।
काभ्रेको नमोबुद्ध नगरपालिकामा स्थानीय सदस्य तह निर्वाचन, २०७९ को लागी आज मिति २०७९ बैशाख ११ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेशनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले नगर प्रमुख, उपप्रमुख, वडा नं. १ र वडा २ मा वडाध्यक्ष र २ जना वडा सदस्यको उम्मेदवार दर्ता गराएका छन् भने मंगोल नेशनल अर्गनाइजेशनले वडा नं. ८ को अध्यक्ष पदमा उम्मेदवार दर्ता गराएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिनमा उम्मेदवार दर्ता गराउने पार्टी यी दुइ मात्र भएका छन् । ग्लोबल सञ्जालसँगको कुराकानीमा नमोबुद्ध नगरपालिकाको निर्वाचन अधिकृत विष्णुप्रसाद ज्ञावालीले दिनुभएको सूचना अनुसार राप्रपाबाट प्रमुख पदमा नवराज सत्याल, उपप्रमुखमा प्रमिला मैनाली प्रसाई, १ नं. वडा अध्यक्षमा रहर सिं तामाङ, वडा सदस्यमा कृष्ण बहादुर भुजेल, तिर्थमान तामाङ र वडा नं. २ का अध्यक्ष पदमा अमेश हुमागाईले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट ८ नं. वडा अध्यक्षमा देवराज योञ्जनले उम्मेदवार दर्ता गराएका छन् ।






