२०८३ असार १ सोमबार १७

आरक्षण चाहिएन प्रदिप परियारलाई कम उमेरका सह-सचिव बन्न

काठमाणडाैँ ।

आयोगको बिज्ञापन नम्बर १६६५६/०७८-७९ (खुला), नेपाल प्रशासन सेवा, रा.प.प्रथम श्रेणी (अप्रा.), सहसचिव वा सो सरह पदको माग पद संख्या २ (दुई) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ४ (चार) जना उम्मेदवारहरुको मिति २०७८।१२।०१ गतेदेखि ०८ गतेसम्म अन्तर्वार्ता संचालन भएकोमा अन्तर्वार्तामा उपस्थित ४ (चार) जना उम्मेदवारहरुको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा प्रदिप परियार दास्रो स्थानमा नाम निकाल्न सफल भएका छन् । 

फलेवास स्थायी ठेगाना भएका परियारले २०४६ साल वैशाखमा जन्मिएका उनी अहिले ३२ वर्षका भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत पर्वतका प्रदीप परियार खुल्ला प्रतिस्पर्धाबाट कान्छो उमेरको सहसचिव बन्न सफल भएका छन् । २ जनाको लागि खुलाइएको सहसचिव खुलामा प्रदीप र गुल्मीका सुरेश पन्थीको नाम लोक सेवा आयोगको ८ चैतको बैठकले सिफारिस गरेको हो । १ वर्ष नायब सुब्बाको रूपमा काम गरेका परियारले पछिल्लो ८ वर्ष शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरिसकेका छन् । परियार परीक्षणकाल पूरा नगर्दै अधिकृत बनेका हुन् ।

 

२०७८ चैत्र १०, बिहीबार २३:०७ गते 1 Minute 1376 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।