२०८३ असार ४ बिहीबार १५

स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक, बैशाख ११ र १२ गते उम्मेद्वारकाे मनोनयन दर्ता

काठमाडौं, चैत १० गते ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रक्रिया वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोमिएको छ ।

त्यस्तै १२ गतेनै साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारीको विरोधमा उजुरी दिन वैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ । वैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गतेनै उम्मेदवारी अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र वैशान ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

यसैगरी, आयोगले मौन अवधि वैशाख २७ गते राति १२ बजेबाट लागू हुने जनाएको छ । मौन अवधि मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट लागू हुनेछ ।

-गोरखापत्र अनलाइनबाट

२०७८ चैत्र १०, बिहीबार २२:१८ गते 1 Minute 460 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।