काठमाणडाैँ ।
युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना बजारमा ल्याएको छ । नेपाली जीवन बीमा जगतकै इतिहासमा एक नयाँ र फरक खालको पहिलो बीमा योजना युनियन लाइफ इन्स्योरेन्सले ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कणर्ले जानकारी दिएका छन ।
बजारमा आएको जीवन उत्थान बीमा योजनामा बिमितले निम्न अनुसारको नयाँ सुबिधा पाउने कम्पनीले दाबी गरेको छ ।
सोे योजनामा बीमा प्रारम्भ भएको मितिको तीन बर्षमै बिमाङ्क रकमको १५ प्रतिशतको दरले प्रत्यक तीन-तीन वर्षमा रकम फिर्ता हुनेछ । यस्तो सुबिधा भएको बीमा योजना नेपालमै पहिलो पटक सुरुवात भएको जनाइएको छ ।
उक्त योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँ बोनस दर रहेको र बिमितले दुर्घटना मृत्यु लाभ, पुर्ण अशक्तता लाभ, र घातक रोग उपचार लाभ समेत पाउने बताइएको छ । यो योजना १६ देखि ५० वर्षको उमेर समूहकोले खरिद गर्न सक्ने छ्न् । कम्पनीका अनुसार ९,१२,१५ र १८ वर्षे अबधि राखी वार्षिक र अर्धवार्षिक रुपमा बिमितले बीमा शुल्क भुक्तानी गर्न सक्ने बुझिएको छ । बिमितले न्युनतम पचास हजार देखि आयस्रोतको आधारमा उक्त बीमा पोलिसी लिन सक्ने समेत स्रोतले जनाएको छ ।
जीवन बीमा जगत कै एक नौलो र समय सापेक्षिक बीमा योजना आएको हुँदा सम्पुर्ण देशवाशीलाई यसको लाभ लिन युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आग्रह समेत गरेको छ ।






