२०८३ बैशाख १६ बुधबार २०

फरार सूचीमा रहेका थप दुईजना पक्राउ

धुलिखेल–जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार सूचीमा रहेका दुईजनालाई पक्राउ गरेको छ । बैंकिङ कसुर तथा चोरी मुद्दामा फरार रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । बैंकिङ बसुरको मुद्दामा पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं. ६ का ३७ बर्षीय गोविन्द भुजेल रहेका छन्

उनलाई उच्च अदालत पाटनले २०७७ पुस २३ गते २७ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई बनेपा नगरपालिका वडा नं. ६ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यस्तै चोरीको मुद्दामा फरार रहेका मण्डनदेउपुर नगरपालिका १० का २२ बर्षीय गणेशवहादुर तामाङ पक्राउ परेका छन् । २० बर्ष भन्दा पुरानो मुद्दामा उनी पक्राउ परेका हुन् । २०५८ साल पुस ५ गते जिल्ला अदालत भक्तपुरले उनलाई १ महिना कैद सजायको फैसला गरेको थियो । दुबैजनालाई फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको छ ।

यसैबीच, झुटो विवरण पेश गरी नागरिकता लिनखोज्ने व्यक्ति पनि पक्राउ परेका छन् । साविक धुलिखेल नगरपालिका ५ घर भई धुलिखेल नगरपालिका वडा ६ बस्ने ३८ बर्षका सुभासकुमार श्रेष्ठसहित दुईजना पक्राउ परेका हुन् ।

श्रेष्ठले जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेकोमा पुनः जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट झूठ्ठा बिवरण पेश गरी दोहोरो नागरिकता प्राप्त गरेको कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीसँगै पक्राउ परेका अर्का व्यक्तिको बारेमा भने प्रहरीले केही खुलाएको छैन । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिए ।

२०७८ फाल्गुन १५, आईतवार १९:२७ गते 0 Minutes 395 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार