२०८३ असार १ सोमबार १८

प्रविधिको चमत्कारः अब ‘डीएनए’ मै डेटा स्टोर गर्न सकिने

काठमाडौं ।

यतिबेला डेटा स्टोरेज सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ । विश्वमा डेटाको महत्व बढ्दै जाँदा त्यसलाई सुरक्षित स्टोरेज गर्नुपर्ने बाध्यता बढ्दै गएको छ ।

जसको प्रतिफल विभिन्न कम्पनीले ठूला-ठूला डेटा सेन्टर सञ्चालनमा ल्याएका छन् । भने, क्लाउड स्टोरेजको प्रयोग व्यापक रुपमा बढेको छ ।

हुन त यी डेटा सेन्टर तथा क्लाउड ठूला व्यवसायका लागि बढी प्रयोग हुने गरेका छन् । तर, हाम्रो कम्प्युटर तथा ल्यापटपमा भएको डेटालाई स्टोरेज गर्नुपर्‍यो भने के गर्ने त ? त्यसका लागि अहिले हामीमध्ये धेरैले प्रयोग गर्दै आएको भनेको हार्ड ड्राइभ हो ।

यो एउटा राम्रो विकल्प भएपनि त्यति भरपर्दो भने हुँदैन । यस्तोमा वैज्ञानिकहरूले अब डीएनएमा आधारित स्टोरेज बनाउने भएका छन् ।

यदि त्यो भएको खण्डमा ठूला साइजका फिल्म पनि एउटा सानो फाइलको रुपमा भण्डारण गरी सुरक्षित राख्ने सकिने छ । जुन हजारौं वर्षसम्म बिना कुनै असर सुरक्षित गर्न सकिने जनाइएको छ । यसका लागि हाल अमेरिकी वैज्ञानिकहरूले काम गरिरहेको र त्यसको पहिलो सफलता हात पारेको बताइएकाे छ ।

वैज्ञानिकहरूका अनुसार डीएनएमा सूचना भण्डारण गर्ने हाल बजारमा उपलब्ध विकल्पहरूको क्षमतालाई सय गुणा सुधार गर्न सकिने गरी एउटा चिप विकास भएकाे छ, जुन अन्य प्रविधिको तुलनामा धेरै खँदिलो र दीर्घकालीन हुनेछ । टेकपानाबाट लिइएको ।

२०७८ माघ १२, बुधबार १७:४९ गते 1 Minute 608 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।